May 17, 2024, Friday
२०८१ जेष्ठ ५, शनिबार
यी ६ नेताहरूको जुर्ला त यो मंसिरमा लगन ?

यी ६ नेताहरूको जुर्ला त यो मंसिरमा लगन ?

मंसिर २०, सल्यान । अहिले मंसिर महिना चलिरहेको छ । यो महिनालाई नेपाली समाज र संस्कृतिमा बिबाहको महिना पनि भन्ने गरिन्छ । प्रायः बिहेका धेरै शुभ लगनहरू हुने भएकाले मंसिरमा अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने गरेका छन ।

मंसिर लाग्यो भने बिबाह गर्न योग्य भएका, उमेर पुगेका युवायुवतीहरू लाई “कहिले बिहे गर्ने ? यो मंसिर यत्तिकै जानू हुदैन है ।” भनेर बिहेका लागि सामाजिक दबाब पनि दिने चलन छ ।

यसै सन्दर्भमा अहिलेसम्म बिहे नगरेका नेपाली नेताको चर्चा गरिएको छ । नेपालमा नेपाली काङ्ग्रेसका स्वर्गीय कृष्णप्रसाद भट्टराइ देखि अर्का चर्चित नेता स्वर्गीय सुशिल कोइरालाले पनि विवाह गरेनन् । उनी पनि राजनीतिमा सक्रिय रहेकै कारण वैवाहिक बन्धनमा बाधिन चासो देखाएनन् ।

पछिल्लो समय केही यस्ता नेताहरु रहेका छन् जो अझै पनि अविवाहित रहेका छन् । यि नेताहरूको लगन कहिले जुर्ला त ?

१. नारायणकाजी श्रेष्ठ, नेकपा प्रवक्ता : नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हुन् नारायणकाजी श्रेष्ठ । उमेरले ६० वर्ष लागेका उनी अझै पनि अविवाहित छन् । गोरखाको जउबारी गाउँमा जन्मिएका उनले पब्लिक एडमिनिस्ट्रेशनमा मास्टर्स गरेका छन् । सन् १९८० को दशकमा उनी गणितका लेक्चरर पनि थिए । त्यसपछि उनी राजनीतिमा होमिएका थिए ।

२. गिरिराजमणि पोखरेल, नेकपा, शिक्षामन्त्री : शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि अविवाहित छन् । लामो समयदेखि उनी नेपाली राजनीतिमा सक्रिय रहेका छन् ।

३. रामहरि खतिवडा केन्द्रीय सदस्य, काँग्रेस : काँग्रेसका युथ लिडरका रुपमा परिचीत रामहरि खतिवडा पनि अविवाहित हुन् । उनको जन्म सन् १९७० जनवरीमा ओखलढुंगाको थाक्ले २ मा भएको थियो । उनले राजनीति शास्त्रमा मास्टर्स र कानुन विषयमा व्याचलर गरेका छन् । उनी सन् १९८५ देखि राजनीतिमा सक्रिय रहेका छन् ।

४. शेरधन राई मुख्यमन्त्री : प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ अझै पनि अविवाहित छन् । उमेरले ४८ वर्ष लागेका उनले अझै पनि विवाहबारे कुरा गर्दा दिन नजुरेको बताउँदै आएका छन् ।

५. कोमल वली : नेकपा राष्ट्रिय सभा सदस्य नेपालकी चर्चित लोक गायिका, समाचार वाचिक समेत रहेकी कोमल वली पनि अझै अविवाहित छन्

६.पम्फा भुषाल : नेकपाकी स्थायी समिति सदस्य समेत रहेकी पम्फा भुषाल पनि अझै अविवाहित छन् । ४५ देखि ७० बर्षबीचको उमेरसमुहका उल्लेखित चर्चित नेता तथा नेत्रीहरुको के यो मंसिरमा लगन जुर्लात ?

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज