‘हेर्ने कथा’मा रोजगारीको अवसर
मंसिर १६, सल्यान । बिबिसी नेपाली सेवाको लोकप्रिय कार्यक्रम ‘साझा सवाला’की पूर्व प्रस्तोता पत्रकार बिद्या चापागाई र अर्का पत्रकार कमल कुमार द्वारा संचालित अर्को लोकप्रिय युटुव कार्यक्रम ‘हेर्ने कथा’मा रोजगारीको अवसर खुलेको छ ।
हेर्ने कथाको लागि’ भिडिओ इडिटर’ र ‘सोसल मिडिया प्रोडुसर’ चाहिएको हेर्ने कथाकी संचालक बिद्या चापागाईले बताएकी छन् । मंगलबार आफ्नो फेसबुक पेज मार्फत उनले यो जानकारी गराएकी हुन् ।
उनले लेखेकी छन् – हामीलाई हेर्ने कथामा काम गर्न ‘ख ‘त्रा’ Video Editor र ‘बब्बा’ल’ Social Media Producer चाहिएको छ । तपाईं ‘ख’ त्रा’ र ‘बब्बा’ल’ हो भने तलको फारम भर्नुहोला। ‘उनले काम गर्न सक्नेहरुले फारम भर्न गुगल फारमको लिंक पनि श्येर गरेकी छन् ।
के हो हेर्ने कथा ?
युटुव मार्फत सार्वजनिक हुने, हेर्ने कथाबारे हेर्ने कथाको वेवसाइटमा लेखिएको छ – ‘हेर्ने कथा आम मानिसको कथा हो । सामान्यतः विषय हुन नसकेका विषयहरु नै हेर्ने कथाका विषय हुन् । हामी छोटा डकुमेन्ट्री शैलीमा कथाहरु भन्छौं ।
हेर्ने कथा महिनामा २ पटक, अँग्रेजी महिनाको १ तारिख र १५ तारिख प्रसारण हुन्छ । हामी बेलुकी ९ बजे हेर्ने कथाका नयाँ अंक सार्वजनिक गर्छौं ।
अहिलेलाई हेर्ने कथा कुनै पनि टिभी च्यानलमा प्रसारण हुँदैन । भविष्यमा दर्शक श्रोताको माग र चाहना बमोजिम गर्दै जानेछौं ।
हाम्रा विषयवस्तुको छनौट र कथा भन्ने शैली नितान्तः हाम्रा हुन् । हामीले भन्ने कथासँग कुनै किसिमको वाह्य स्वार्थ गाँसिएको छैन ।
हाम्रो कम्पनीको नाम तानाबाना हो । ‘हेर्ने कथा’ तानबानाको एउटा उत्पादन हो ।” यद्धपि ‘हेर्ने कथा’ पछिल्लो समय कान्तिपुर टिभी बाट पनि प्रसारण हुने गरेको छ ।
प्रतिकृया दिनुहोस्