March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
आफ्नो गाउँ आफै बनाऔं भन्दै जनश्रमदानमा २ किलोमिटर गोरेटो बाटो निर्माण

आफ्नो गाउँ आफै बनाऔं भन्दै जनश्रमदानमा २ किलोमिटर गोरेटो बाटो निर्माण

 

कार्तिक १३, सल्यान । सानातिना काममा पनी अरुको भरपर्ने गलत संस्कार विकास भैरहेको वेला सल्यानको एक गाउँका स्थानिय बासिन्दाले आफै कुटो कोदालोले खनेर गाउँदेखी जंगल जाने करिव २ किलोमिटर गोरेटो बाटो निर्माण गरेका छन ।

 

 

बिहिबार सल्यानको बागचौर नगरपालिका वडा नं. ४ नमुना मगरवस्तीका स्थानियले आफ्नो गाउँ आफै बनाऔं भन्दै घाँस दाउरा र गोठाला जानको लागी सजिलो होस भनेर श्रमदान गरेर करिव २ किलोमिटर गोरेटो बाटो निर्माण गरेका हुन ।

गाउँदेखी जंगल जाने उक्त गोरेटो बाटो बनाउन स्थानियहरु बाजागाजा बजाउदै हर्ष उल्लासका साथ सहभागी भएका थिए । बाटो राम्रो बने पछि गोठाला र घाँस दाउरा जान सहज र सुरक्षित हुने स्थानियको विस्वास रहेको एक स्थानियले बताए ।

गोरेटो बाटा निर्माण कार्यको नेतृत्व र सहजीकरण बागचौर नगरपालिका नगरसभा सदस्य जनक घर्तिले गरेको बताईएको छ ।