December 10, 2024, Tuesday
२०८१ मंसिर २५, मंगलवार
ग्रामीण बचत तथा ऋण सहकारी संस्थाको २६ औँ साधारण सभा सम्पन्न, ६ जना पुरस्कृत

ग्रामीण बचत तथा ऋण सहकारी संस्थाको २६ औँ साधारण सभा सम्पन्न, ६ जना पुरस्कृत

 

असोज २८, सल्यान । सल्यान शारदा नगरपालिका २ खलंगा स्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.ले बुधबार पत्रकार भेटघाट कार्यक्रम गरेको छ । कोरोना कहरका बिचमा पनि सहकारीले २६ औँ साधारण सभा टोल टोलमा गएर सम्पन्न गरेको पनि जानकारी दिएको छ ।

असोज २४ गते टोल टोलमा गएर २६ औँ साधारण सभा सम्पन्न गरेको सहकारीले जानकारी दिएको हो । सहकारीले २६ औँ साधारण सभामा बचतकर्ता शेयर सदस्य २ जना, शेयर खरिदकर्ता २ जना, असल ऋण उपभोगकर्ता १ जना र १ कर्मचारी लाई पुरस्कृत गरेको पत्रकार भेटमा जानकारी दिइएको छ ।

सहकारीले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । मृत्यु राहत वितरण कार्यक्रम,सामाजिक सेवा कार्यक्रम,सुत्केरी भेटघाट सम्मान कार्यक्रम र तीज मिलन कार्यक्रम गर्दै आएको पनि सहकारी संस्थाले जानकारी दिएको छ ।

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.कि प्रबन्धक शान्ता राईले आर्थिक वर्ष २०७६÷०७७ वास्तविक शेयर रकम तर्फ रु २ करोड १७ लाख ८६ हजार २ सय, निक्षेप बचत तर्फ रु १४ करोड १२ लाख ६५ हजार ९ सय ९४,कुल सम्पत्ति तर्फ रु १९ करोड ४७ लाख ७२ हजार र आयकर अगाडिको खुद बचत रु ५० लाख ७७ हजार ४ सय ३३ रहेको जानकारी दिइन ।

शारदा नगरपालिका भित्र मात्र विस्तार भएको यस सहकारीमा अहिले १७ सय ८६ शेयर सदस्य रहेका छन ।

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.संचालक समितिका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले आर्थिक वर्ष २०७७÷०७८ शेयर रकम तर्फ रु २ करोड ६७ लाख ८१ हजार, निक्षेप बचत तर्फ १७ करोड ७७ लाख २९ हजार ८ सय, कुल सम्पत्ति तर्फ २४ करोड ३४ लाख ६५ हजार र आयकर अगाडिको खुद बचत तर्फ ५६ लाख ३० हजार पु¥याउने लक्ष्य राखिएको जानकारी दिए । आगामी दिनमा शेयर सदस्य २१ सय ५५ पु¥याउने लक्ष्य रहेको पनि सहकारीले जानकारी दिएको छ ।

सहकारी संस्थाले स्वास्थ्य जोखिम लाई मध्यनजर गरी १७ सय १६ जना शेयर सदस्यको रु ५० हजार रुपैया बराबरको कोरोना विमा गरेको अध्यक्ष शाक्यले बताए । अध्यक्ष शाक्यले शेयर सदस्यहरुको दुर्घटना जोखिम लाई ख्याल गरि रु १ लाख बराबरको दुर्घटना विमा गरिएको पनि जानकारी दिएका छन ।

आगामी दिनमा सहकारीले व्यवसायीक , उत्पादनमुखि सहकारी बनाउन तर्फ बढी केन्द्रित हुने पनि सहकारीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज