March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
भेटाएको रु. २ लाखको चेक, सम्बन्धीत व्यक्तीलाई नै फिर्ता

भेटाएको रु. २ लाखको चेक, सम्बन्धीत व्यक्तीलाई नै फिर्ता

असोज २७ , सल्यान । सल्यानका एक युवाले आफुले भेटाएको रु. २ लाखको हस्तान्क्षर गरेको चेक सम्बन्धीत व्यक्तीलाई नै फिर्ता गरेका छन ।

सोमबार सल्यान दार्मा गाउँपालिका ४ का मानबहादुर देवकोटाले आईतबार दिउसो तुल्सीपुरमा आफुले भेटाएको रु. २ लाखको हस्तान्क्षर गरेको चेक र आयव्ययको विवरण सहितको डायरी सम्बन्धित व्यक्ती सल्यान छत्रेश्वरी १ का दिपसन चन्दलाई फिर्ता गरेका हुन ।

कसरी भेटेका थिए चेक ?

तुल्सीपुरमा बसेर जापानी भाषा अध्ययन गरिरहेका देवकोटा आईतबार शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय बाट पाईने एनओसी लेटरको लागी भौचर भर्न बानिज्य बैंकको तुल्सीपुर शाखामा गएका थिए । त्यहाँ एकजना वृद्ध व्यक्तिले उक्त डायरी ओछ्याएर भौचर भरिरहेका थिए ।

देवकोटाले पनि सोहि कापी ओच्छ्याएर भौचर भरे । त्यसपछि देवकोटाले उक्त कापी कसको हो भनेर फिर्ता गर्न खोजे तर कसैले पनि त्यो कापी आफ्नो भनेर लिएनन् । सायद त्यो डायरी चेकमा नाम गरेको व्यक्तीले भुलेर त्यहाँ छोडेको थिए होला । बैकमा भिडभाड थियो त्यसैले उनले त्यहान डायरी पल्टाएर हेरेनन् ।

त्यसपछि देवकोटाले सो कापी ल्याएर आफुले पढ्ने इस्टिच्युट ( रिड मोर तुलसीपुरको अफिसमा फर्के र कापी खोलेर हेरे । कापी खोलेपछि थाहा भयो – त्यहाँ दिपसन चन्दको नाममा काटिएको ग्लोवल आईएमी वैंकको चेक पनि रहेछ । डायरीमा करिव ३ लाख रुपैया आय व्ययको हिसावकिताव पनि रहेको देवकोटाले नयाँ दृष्टिलाई बताएका थिए ।

उक्त चेक र डायरी आफुले आजै ग्लोवल आईएमी वैंकमा बुझाईदिन खोजेको तर वैंक बन्द भएकोले वुझाउन नसकेको उनको भनाई छ । रकम सहितको चेक भेटाएको सुचना उनले आफ्नो फेसवुक आईडी मार्फत पनी जानकारी गराएका छन भने सम्वन्धीत व्यक्ती सम्म खवर पुर्याईदिन र सम्पर्कमा आउन पनि उनले आग्रह गरेका थिए ।

उनले चेक भेटाएको समाचार विभिन्न अनलाइन पत्रिकाहरुमा प्रकाशित भएपछि सम्बन्धीत व्यक्त देवकोटको फोन सम्पर्कमा आएका थिए । देवकोटाले सोमबार उक्त चेक र डायरी विभिन्न व्यक्तीहरुको रोहवारमा फिर्ता गरेका हुन ।

२०७२ सालमा तत्कालीन विप्लव नेत्रृत्वको नेकपा माओबादी निकट अखिल ( क्रान्तीकारी ) जनज्योति मावि फारुलाचौरको अध्यक्ष भएर काम गरेका देवकोटा विभिन्न सामाजिक काममा पनि सक्रिय छन ।