सल्यानका पत्रकार सवार स्कारपियो दाङमा दुर्घ’टना, ६ जना घाइते
असोज ८, सल्यान। लमही घाेराही सडकखण्ड स्थित कुलमाेड देखि करिब दुई किलोमिटर अगाडि सल्यानका पत्रकार सवार स्कारपियो दु’र्घटना भएको छ । विहिवार बिहान बा २ च ९५३१ नम्बरको स्कार्पियो गाडी दु’र्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ६ अन्तरगत कुलमोहर देखि पाँचसय मिटर उत्तर तर्फ सीता भरार भन्ने स्थानमा सडक बाट स्कारपियाे झन्डै पचाँस मिटर तल खसेको छ ।
दुर्घ’टनामा सल्यान स्थित रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर नगरपालिका वडा नं ५ का तुलाराम परियार, लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रका बहिनी वर्ष १५ वर्षिया नोखी केसी, तुलसिपुर उपमहानगर पालिका वडा नम्बर ५ का प्रकाश ओलि, सल्यान छत्रेस्वरी गाउँपालिका वड नम्बर ३ का चालक सन्तोष बुढाथोकी रहेका छन् ।
अहिले घाइ’तेहरु दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट सल्यान फर्किने क्रममा स्कारपियाे दुर्घ’टना परेको हो । दुर्घटनामा अरूको अवस्था खतरामुक्त भएपनि रेडियो मध्यपहाड एफ.एममा कार्यरत बागचौर नगरपालिकाका तुलाराम परियारको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारको लागी लमही बाट नेपालगंज रिफर गरिएको पत्रकार भरत रोकायले बताए ।
घाइते पत्रकार खगेन्द्र केसीका अनुसार आफुहरु सवार गाडीको गति अत्याधिक तिब्र भएको, घुम्ती भएको, विपरित दिशा बाट मोटरसाइकल आइरहेको र मोटरसाइकललाई बचाउने क्रममा ड्राइभरले नियन्त्रण गुमाउदा गाडी खोलामा खसेको हो ।
प्रतिकृया दिनुहोस्