September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
सल्यानमा करे’ण्ट लागेर एक जनाको मृ’त्यु

सल्यानमा करे’ण्ट लागेर एक जनाको मृ’त्यु

सरिता चलाउने

साउन १२, सल्यान । सल्यानमा करे’न्ट लागेर एक जनाको मृ’त्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ बस्ने १४ वर्षीय टोपेन्द्र बुढाथोकीको करेन्ट लागेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका वडा नम्बर ६ भट्टाचौरस्थित आँप खान रुखमा चढेको समयमा क’रेन्ट लागेर रुखबाट लडि मृत्यु भएको प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

सोमबार बिहान करिब ११ बजेको समयमा भट्टाचौरको सार्बजनिक स्थानमा रहेको आँपको रुखमा आँप टिपिरहेको समयमा एक्कासी करे’न्ट लागेर रुखबाट लडि मृ’त्यु भएको प्रहरी प्रमुख खतिवडाले बताए ।

विद्युतका तारहरु आँपको रुखको नजिकबाट गएकाले करे’न्ट लागेको हुन सक्ने उनको भनाई छ । मृतकको शव पोष्मार्टमका लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको प्रहरी प्रमुख खतिवडाको भनाई छ ।