September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
भैलो खेलिरहेकाहरूलाई बसले ठक्कर दिदा एकको मृत्यु, आठ घाइते

भैलो खेलिरहेकाहरूलाई बसले ठक्कर दिदा एकको मृत्यु, आठ घाइते

भुमप्रकाश भण्डारी

कार्तिक १९, सल्यान । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको मृत्य र आठ जना घाइते भएका छन् ।

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए।