September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
दशैं मनाउन गाउँ जानेहरुको भीड, काठमाडौँ उपत्यकाबाट बाहिरिए८ लाख यात्रु

दशैं मनाउन गाउँ जानेहरुको भीड, काठमाडौँ उपत्यकाबाट बाहिरिए८ लाख यात्रु

घटनास्थापनदेखि आज (फूलपाति) बिहीबार बिहान ६ बजेसम्म 8 लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्‍यक्ष विजय स्वारले अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताए । महासङ्घका अध्यक्षका अनुसार यसवर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

उनले यसवर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । ‘सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उहाँले भन्नुभयो, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दशैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन्।’