June 18, 2026, Thursday
२०८३ असार ४, बिहीबार
बबई नहरले बगाउँदा ३ वर्षीया बालिकाको मृत्यु

बबई नहरले बगाउँदा ३ वर्षीया बालिकाको मृत्यु

बर्दियामा बबई सिँचाइ नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। मृत्युहुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाकी तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन्।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा उनले लगाउने चप्पल फेलापरेको थियो।

बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गरेको थियो। चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ बारबर्दिया ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको अर्यालले बताए।