August 25, 2026, Tuesday
२०८३ भाद्र ९, मंगलवार
सम्झनामा अभिनेता श्री कृष्ण श्रेष्ठ, आज दश वर्ष भयो उनि धर्तीबाट निदाएको

सम्झनामा अभिनेता श्री कृष्ण श्रेष्ठ, आज दश वर्ष भयो उनि धर्तीबाट निदाएको

नेपाली चलचित्र क्षेत्रका मिलनसार, सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज दश बर्ष भएको छ । वि.सं २०७१ साल साउन २५ गते बिहान उनको निधन भएको थियो । बिहे भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण नायिका स्वेता खड्काको साथमा दिल्ली पुगेका थिए ।

दिल्लीमा केही हप्ता उपचार पछि उनले प्राण त्यागेका थिए । श्रीकृष्णको निधन भएको समयमा उनी अभिनित चलचित्र ‘कोहिनुर’ हलमा चलिरहेको थियो ।

श्रीकृष्णले आफूले निर्माण गरेको चलचित्रको सफलता हेर्न पाएनन् । यो चलचित्रले बक्स अफिसमा नयाँ रेकर्डसहितको व्यापार गरेको थियो । श्रीकृष्णले बनाएको चलचित्र ‘कहाँ भेटिएला’ बक्स अफिसमा सुपरहिट भएको थियो ।