June 18, 2026, Thursday
२०८३ असार ४, बिहीबार
३ मिनेट पनि टिक्न सकेन बिहेको खुसी, बिहे गरेको ३ मिनेटमै भयो डिभोर्स

३ मिनेट पनि टिक्न सकेन बिहेको खुसी, बिहे गरेको ३ मिनेटमै भयो डिभोर्स

पछिल्लो समय सामान्य मनमुटावले पनि पति-पत्नीबीच सम्बन्ध विच्छेद हुने क्रम बढ्दो छ। यसै क्रममा कुवेतमा अझ अचम्मलाग्दो गरी डिभोर्स भएको खबर यतिबेला भाइरल भइरहेको छ।

सार्वजनिक खबरअनुसार कुवेतमा एक जोडीले बिहे गरेको ३ मिनेटमै सम्बन्ध विच्छेद गरेको हो। सञ्चारमाध्यमका अनुसार अदालतमा कानुनी विवाह गरेर दुलहा-दुलही बाहिर निस्किन्छन्।

त्यस क्रममा अचानक बेहुलीका खुट्टा लडखडाउँछन् र उनी लड्छिन्। तर उनलाई उठाउनुको साटो बेहुला रिसाउँछन् र हिँड्न नजानेको भनी उल्टै गाली गर्छन्-‘मूर्ख!’

त्यसपछि बेहुली रिसले आगो हुन्छिन् र तुरुन्त न्यायाधीशकहाँ गएर आफूहरूको बिहे तत्काल रद्द गरिदिन अनुरोध गर्छिन्। उनको अनुरोधअनुसार न्यायाधीशले पनि ३ मिनेटअघि मात्र कायम गरिएको बिहे रद्द गरिदिन्छन्।

जसलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो समयमा भएको सम्बन्ध विच्छेद मानिएको छ। वास्तवमा यो घटना भएको चाहिँ सन् २०१९ मै रहेछ। तर त्यो विषय सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ।