November 15, 2024, Friday
२०८१ कार्तिक ३०, शुक्रबार
संचारकर्मी घर्तीको नेतृत्वमा उठेको आर्थिक सहयोगले वि.क. को सफल शल्यक्रिया

संचारकर्मी घर्तीको नेतृत्वमा उठेको आर्थिक सहयोगले वि.क. को सफल शल्यक्रिया

मंसिर २८, रोल्पा ।

टाउकोमा गम्भिर चोट लागेर रकम अभावमा उपचार विहिन भएकी रोल्पाकी पुस्पा वि.क. को भारतमा सफल शल्यक्रिया भएको छ ।

रोल्पा गंगादेब ५ फुलबारीका सञ्चारकर्मी भुपेन घर्ती मगरको नेतृत्वमा पटक पटक गरि उठेको करिब ३ लाख आर्थिक सहयोगले उनको शल्यक्रिया सफल भएको हो ।

टाउकोमा ठुलो चोट लागेपछि आर्थिक अभावमा छटपटाएकी वि.क. लाई केहि सहयोग लिएर पहिलो पटक सञ्चारकर्मी घर्ती पुस्पाको घरमा गएका थिए । उनले पुस्पा र उनको परिवार सङ्ग एउटा भिडियो समेत बनाएका थिए । त्यस लगत्तै देश तथा विदेश बाट पुस्पाको उपचार गर्न विभिन्न व्याक्तिहरुले सहयोग गरेको घर्तीले हामी सँग बताएका छन् बताएका छन ।

स्थानिय सरकार बाट सहयोग गर्ने आश्वासन भएपनि अझै सम्म उक्त पिडित परिवारले सहयोग नपाएको पुस्पाका बुबा कलबीर बिक ले गुनासो पोखेका छन् । अझैपनि सक्नेले सक्दो सहयोग गर्न संचारकर्मी घर्ती मगरले आग्रह समेत गरेका छन ।

घर्ती लामो समयदेखि सञ्चार क्षेत्रमा रहेपनि उनले पछिल्ला दिनहरुमा सामाजिक तथा सहयोगी कार्यहरु गर्दै आएका छन । उनी अहिले राष्ट्रिय मिडियामा समेत आवद्ध रहेका छन ।

जिल्लाको गंगादेब गाउँपालिका वडा नं ७ का कलबिर वि.क आफ्नी छोरीको उपचार गर्न नेपालमा मोटो रकम लाग्नेभएपछि उपचार गराउन सकेका थिएनन् । उनले शल्यक्रिया भएपनि अझै चेकजाँचको लागि भारत नै जानुपर्ने र परिवारको आर्थिक अवस्था निक्कै कमजोर भएको भन्दै सहयोगको अपिल गरेका छन ।