छत्रेश्वरीको चमेरे गुफामा युवा क्लवले सौचालय बनाउँदै : बिसिद्वारा २५००० सहयोग
मंसिर ०४, सल्यान ।
सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोला स्थित चमेरे गुफा क्षेत्रमा सार्वजनिक सौचालय निर्माण कार्य सुरु भएको छ ।
पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै जानथालेपछि रुपान्तरण युवा क्लवले सौचालयको आवश्यकता महसुस गरी निर्माण कार्य सुरु गरेको हो । जस्ता पाताको छाना लगाएर प्रयोग गर्न मिल्ने सौचालय निर्माण कार्य सुरु भएको जनाउँदै क्लवका अध्यक्ष विशाल पुन मगरले करिव ८० हजार रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार क्लवले सार्वजनिक सौचालय निर्माणका लागि आफ्नो कोषमा रहेको २० हजार रुपैयाँ लगानी गर्नेछ । अन्य रकम संकलनको लागि जुटेको क्लवलाई सौचालय निर्माणको लागि गैर आवासीय नेपाली संघ, राष्ट्रि« समन्वय परिषद् माल्टाका सल्लाहकार हरी विसीबाट २५ हजार रुपैयाँ सहयोग घोषणा भएको क्लवका अध्यक्ष पुनमगरले जानकारी दिए । यहि मंसिर महिना सम्म सौचालय निर्माण सक्ने गरी आफुहरु लागि परेको उनको भनाई छ ।
सौचालय शिलान्याश गर्दै छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम नेपालीले सामाजिक काममा क्लव र युवाहरुको सक्रियता महत्वपूर्ण रहेको भन्दै सौचालय निर्माणका लागि आफुले पनि सक्दो सहयोगको प्रतिवद्धता जनाएका थिए । २०७८ सालमा स्थापना भएको रुपान्तरण युवा क्लवले विभिन्न सामाजिक काममा सक्रिया देखाउँदै आएको छ ।
केही दिन अघि मात्रै क्लवका सदस्यहरुले स्थानीय मोटरबाटो मर्मत सम्भारमा दुई दिन श्रमदान गरेका थिए । ओझेलमा परेको चमेरे गुफाको प्रचारप्रसार र संरक्षण तथा विकासको लागि सबैको सहयोगको अपेक्षा गरिएको क्लवका अध्यक्ष पुन मगरले जनाए । प्राकृतिक रुपले मनोरम उक्त क्षेत्रमा विभिन्न स्थानबाट पिकनिकका लागि पनि मानिसहरु आउने गरेका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दै जानथालेपछि रूपान्तरण युवा क्लबले शौचालयको आवश्यकता महसुस गरी निर्माण कार्य सुरु गरेको हो । जस्ता पाताको छाना लगाएर प्रयोग गर्न मिल्ने शौचालय निर्माण कार्य सुरु भएको जनाउँदै क्लबका अध्यक्ष विशाल पुन मगरले करिब ८० हजार रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार क्लबले सार्वजनिक शौचालय निर्माणका लागि आफ्नो कोषमा रहेको २० हजार रुपैयाँ लगानी गर्नेछ । अन्य रकम सङ्कलनको लागि जुटेको क्लबलाई शौचालय निर्माणको लागि गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार हरि बिसीबाट २५ हजार रुपैयाँ सहयोग घोषणा भएको क्लबका अध्यक्ष पुन मगरले जानकारी दिए ।यही मङ्सिर महिना सम्म शौचालय निर्माण सक्ने गरी आफूहरू लागि परेको उनको भनाई छ ।
सल्यान छत्रेश्वरी २ को दहखोला मा जन्मिएका बि सि हाल रोजगारी को शिलशिला मा माल्टा बस्दै आयका छन आफु प्रदेश मा रहेर पनि जन्मभुमि प्रतिको माया समाज मा सकारात्मक परिवर्तन मा युवाहरु लाइ हौसला दिने उदेश्यले आफुले सहयोग गरेको बि सिले बताएका छन । बि सि ले पहिले देखिनै सामाजिक कार्य मा सहयोग गर्दै आयका छन । अध्यक्ष पुन शौचालय निर्माणका लागि आफुहरुलाइ श्रम र पुजि दुबै आबश्यक रहेकोले सहयोगका लागि पनि अपिल गरेका छन आर्थिक सहयोग गर्न चाहनेहरुले “नेपाल इन्भेस्टमेन्टमेन्ट मेघा बैंक” NIMB मा रुपान्तरण युवा कल्ब को नाम मा रहेको 07201040257886 को खाता बाट सहयोग गर्न सकिने र थप सल्लाह सुझावको लागि अध्यक्ष बिशाल पुन मगर 9848143350 र सचीव रमेश बि क 9845308037 लाइ सम्पर्क गर्न सकिने बाताएका छन ।
शौचालय शिलान्यास गर्दै छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम नेपालीले सामाजिक काममा क्लब र युवाहरूको सक्रियता महत्त्वपूर्ण रहेको भन्दै शौचालय निर्माणका लागि आफूले पनि सक्दो सहयोगको प्रतिबद्धता जनाएका थिए । २०७८ सालमा स्थापना भएको रूपान्तरण युवा क्लबले विभिन्न सामाजिक काममा सक्रियता देखाउँदै आएको छ ।
केही दिन अघि मात्रै क्लबका सदस्यहरूले स्थानीय मोटर बाटो मर्मत सम्भारमा दुई दिन श्रमदान गरेका थिए । ओझेलमा परेको चमेरे गुफाको प्रचारप्रसार र संरक्षण तथा विकासको लागि सबैको सहयोगको अपेक्षा गरिएको क्लबका अध्यक्ष पुन मगरले जनाए । प्राकृतिक रूपले मनोरम उक्त क्षेत्रमा विभिन्न स्थानबाट पिकनिकका लागि पनि मानिसहरू आउने गरेका छन् ।
लेखकको सम्वन्धमा