December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
भुकम्पबाट ६८ अर्बको क्षेती

भुकम्पबाट ६८ अर्बको क्षेती

कार्तिक २४, काठमाडौ ।

गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दाङ, प्युठानलगायतका जिल्लामा भत्किएका निजी घर, विद्यालय, सरकारी भवन पुनःनिर्माण गर्न ६८ अर्ब ६२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो बाहेक चौपाया, कृषिलगायतका अन्य पूर्वाधारमा पनि ४०/५० करोड रुपैयाँको क्षेती भएको अनुमान छ । भूकम्पबाट २६ हजार ५ सय २८ निजी घरमा पूर्ण र ३५ हजार ३ सय ९५ घरमा आंशिक क्षेती पुगेको छ ।

जिल्लागत क्षेति
जाजरकोटमा ९ हजार ७ सय ९४ घरमा पूर्ण क्षति र २४ हजार ७ सय ७ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा १६ हजार ५ सय ७० घरमा पूर्ण क्षति र ९ हजार ९ सय ६१ घरमा आंशिक क्षेती पुगेको छ । रुकुम पूर्वमा १८२ घरमा आंशिक क्षेती भएको छ । सल्यानमा १२९ घरमा पूर्ण क्षेती र ४१८ घरमा आंशिक क्षेती, रोल्पामा २५ घरमा पूर्ण क्षेती र ८७ घरमा आंशिक क्षेती भएको छ । प्युठानमा ३१, दाङमा ७, जुम्लामा ५ घरमा आंशिक क्षेती भएको छ । करिब ४०० विद्यालयका भवनमा क्षेती पुगेको गृहमन्त्रालयको विवरणमा उल्लेख छ ।