October 14, 2026, Wednesday
२०८३ आश्विन २८, बुधबार
सर्बोच्चले कैद मिनाहा बदर गरेपछि पक्राउ परे रिगल

सर्बोच्चले कैद मिनाहा बदर गरेपछि पक्राउ परे रिगल

कार्तिक १६, बाँके ।

प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ।

सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरिदिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको जानकारी दिए।

‘सर्वोच्चको आदेशपछि रिगललाई नेपालगञ्जबाट पक्राउ गरिएको हो,’ उनले भने।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ।