September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

कात्तिक ०४, काठमाडौं ।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत धक्का महसुस भएको थियो ।

भूकम्पले क्षति पुर्याए/नपुर्याएको बारे भने एकीन विवरण आउन बाँकी छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज