May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
आफ्नै घरमा रोकेर राखेको ट्याक्टर एक्कासि गुड्दा ६ बर्षीय बालकको मृत्यु

आफ्नै घरमा रोकेर राखेको ट्याक्टर एक्कासि गुड्दा ६ बर्षीय बालकको मृत्यु

असोज २६, सल्यान ।

सल्यानमा आफ्नै घरमा रोकेर राखेको ट्याक्टर एक्कासि गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका-४ लामाडाँडा घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बरको ट्याक्टर शुक्रबार बेलुकी करिब साढे ५ बजेतिर एक्कासी गुड्दा चन्दका ६ बर्षीय छोरा दिक्सनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

ट्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर मृत्यु हो । ट्याक्टर कसरी गुड्यो भन्ने खुल्न सकेको छैन । अहिले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज