February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यानमा चितुवाको आक्रमणबाट ४ जना घाइते

सल्यानमा चितुवाको आक्रमणबाट ४ जना घाइते

असोज १५, सल्यान ।

सल्यानमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन ।

घाइते हुनेहरूमा छत्रेश्वरी गाउँपालिका – ३ दोहलीका ४० बर्षीय राज के.सी, सोही ठाउँका १६ वर्षीय छविलाल केसी, २७ वर्षीय  भीमसेन थापा र ४० वर्षीय टेकबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ९ बजेतिर स्थानीय पूर्णराज विकले सञ्चालन गरेको कुखुरा फार्मभित्र चितुवा पसेको थियो । स्थानीयले त्यसबाहिर पासो थापेका थिए । स्याल र बाघ समेत बाख्रा तथा कुखुरा खान आउने हुँदा स्थानीयले पासो थाप्ने गरेका थिए ।

खोरभित्र पसेर केही कुखुरा मारेपछि बाहिर निस्कने क्रममा चितुवा पासोमा फसेको थियो । राजु केसीले तीन चारवटा मरेका कुखुरा देखेपछि ढोका खोलेर हेर्दा चितुवाले आक्रमण गरेको बताइएको छ ।

त्यहाँबाट निस्किएको चितुवाले बाटोमा जसलाई भेट्यो त्यसैमाथि आक्रमण गर्दै हिडेको हो ।

सोही बाघले १०:४५ बजेको समयमा बाटोमा हिडिरहेका टेक बहादुरलाई  आक्रमण गरेको थियो । त्यस्तै करिब १२:०० बजेको समयमा उक्त बाघले बाटोमा हिडिरहेकै छबिलाल र भिमसेनलाई पनि आक्रमण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो ।

घाइते ४ जनालाई जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारकोललागि प्रादेशिक अस्पताल दाङ लगिएको छ ।

बाघ अहिले सोही स्थानको धानबारीनजिकै रहेको झाडीमा लुकेर बसेको र व्यवस्थापनका लागि इलाका वन कार्यालय लुहामका टोली पुगेको र बाँके राष्ट्रिय निकुञ्जको टोलि आउदै गरेको प्रहरीको भनाइ छ ।

तस्वीर : फोटो फाइल

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज