July 14, 2024, Sunday
२०८१ असार ३१, आईतवार
सल्यानमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते

सल्यानमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते

असोज १०, सल्यान ।

सल्यानमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा लुहामबाट श्रीनगरतर्फ जादै गरेको १ त ४७५७ नं. को ट्याक्टर र बिपरित दिशाबाट गईरहेको रा. २ प. १२७३ नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक शारदा नगरपालिका – १३ का ३२ बर्षीय गणेश बि.क, पछाडी सवार सोही ठाउँका ५० बर्षीय होम बहादुर भण्डारी र पैदल यात्री सोही ठाउँकि ७० बर्षीय पार्वती शर्मा रहेकी छिन । घाइते मध्ये चालक बि.कको अवस्था गम्भीर छ । उनलाई उपचारकोलागि नेपालगन्ज तर्फ पठाएको र अन्य २ जनाको स्थानीय अस्पतालमा उपचार भइ रहेको छ ।

ट्याक्टर चालक छ्त्रेश्वरी गाउँपालिका – ५ का २६ बर्षीय कोषराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज