January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
सिम्तामा पालिका स्तरीय खुला तिज प्रतियोगिता सम्पन्न

सिम्तामा पालिका स्तरीय खुला तिज प्रतियोगिता सम्पन्न

दुर्गा विसि – सुर्खेत

सुर्खेतको सिम्ता गाउँपालिकामा तिज बिशेष कार्यक्रमसँग ५९ औं बाल दिवस भव्य रुपमा मनाएको छ ।

बाल दिवस तथा हरितालिका तिजकाे अवसरमा सिम्ता गाउँपालिकाले पालिका स्तरिय तिज गित प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा सिम्ता गाउँपालिकाबाट ९ वडाका ९ वटा टिमको सहभागीता रहेको थियोे । बाल दिवसकाे अवसरमा गाउँपालिका भित्र रहेका ५२ जना अनाथ, असाय, बालबालिकाललाइ बिद्यालय पाेषाक वितरण समेत गरिएको छ ।

तिज विशेष कार्यक्रममा प्रथम स्थान वडा नं ३ आग्रिगाउँ, द्वितिय वडा नं ७ काप्रिचौर, तृतीय वडा नं ८ डाँडा खालि र बाँकी वटा टिमलाई सान्त्वना पुरस्कार वितरण गरिएको छ । तिज विशेष कार्यक्रम सहभागी बिजेताहरुलाइ यातायात खर्च पुरस्कार नगदै हस्तान्तरण गरिएको थियोे । सिम्ता गाउँपालिकाकाे आर्थिक सहयोगमा सिम्ता गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण इकाई राकमकाे आयोजनामा दुवै कार्यक्रम संयुक्त रूपमा गरिएको महिला वालवालिका शाखा प्रमुख सुनिता अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रम पुर्ब गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि, गाउँपालिका अध्यक्ष ऎन वहादुुर चन्द, ९ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, विभिन्न शाखा प्रमुखहरु, दलिय प्रतिनिधि, महिला समूह, आमा समूह,बबाल क्लब, विद्यालयका प्रधानााध्यायापक तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियोे ।

गाउँपालिकाकाे प्राङ्गणमा भएको तिज विशेष कार्यक्रम गाउँपालिकाले सहभागी महिलाहरुलाइ दर खुवाउने कार्यक्रम समेत सम्पन्न गरिएको छ । गाउँपालिका उपाध्यक्ष गाेमा शर्मा रेग्मीकाे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भविन्द्र प्रसाद शर्माले गर्नुभएको थियोे ।