February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
सल्यानी गायक चेतन राईको नयाँ गीत ‘घुम्दै जाँदा’ सार्वजनिक (भिडियो सहित)

सल्यानी गायक चेतन राईको नयाँ गीत ‘घुम्दै जाँदा’ सार्वजनिक (भिडियो सहित)

भदौ १८, सल्यान ।

सल्यानी गायक चेतन राईले नेपाली साँगीतिक क्षेत्रमा सक्रियता बढाउदै गएका छन् । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् ।

यहीं क्रममा उनले नयाँ गीत ‘घुम्दै जाँदा’ सार्वजनिक गरेका छन् । यो गीतमा आवाज, संगीत र रचना राईको नै रहेको छ । गीतको एरेन्ज विशम आचार्यले गरेका हुन् ।

आफ्नै होमटाउन सल्यानमा छायाकंन गरिएको गीतलाई दर्शक श्रोताले रुचाउने राईको विश्वास छ । ‘आफ्नै ठाउँमा छायाकंन गरिएको गीतले दर्शकको माया मात्र नपाएर सो ठाउँको प्रचार गर्ने विश्वास गरेको छु’ गायक राईले भने । गीत माया प्रेमसँग सम्बन्धित छ ।

गीतको भिडियोमा प्रितिका शर्मा र सम्यम सिंहको रोमान्स हेर्न पाइन्छ । भिडियोको निर्देशन र सम्पादन फराज अर्पणले गरेका हुन् । विशाल थापाले छायाकंन गरेको गीतको भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट गीत रिलिज गरेका हुन् । यो गीत राईको चौथों एलबम ‘स्टेज’मा समाबेश छ ।

सल्यान जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उनलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम ‘स्टेप’ उनले पस्केका थिए । उनी कार्यक्रमको शिलिशलामा छिट्टैनै जापान र दक्षिणा कोरीया जाँदैछन् । अहिले रिलिज गरिएको गीत हेरेर तथा सुनेर प्रतिक्रिया दिन गायक राईको आग्रह छ ।

भिडियो :

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज