सल्यानका प्रहरी प्रमुख केसीको सरुवा
भदौ १६, सल्यान ।
सल्यानका प्रहरी प्रमुख डिएसपी दामोदर केसीको सरूवा भएको छ । केसीको जिल्ला प्रहरी कार्यालय रौतहटमा सरूवा भएको हो ।
सो स्थानमा कार्यरत प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादब नेपाल प्रहरी विशेष सुरुक्षा गण सुनवलमा सरूवा भएपछि केसीलाई सरुवा गरिएको हो ।
केसी सहित नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ४८ जना प्रहरी उपरीक्षक र १२० प्रहरी नायब उपरीक्षकहरूको विभिन्न स्थानमा सरूवा गरेको छ ।
यसैविच सल्यानमा नयाँ डिएसपीका रूपमा नवीन कार्की आउनु हुने भएको छ । उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगाल वा मातहतबाट सरूवा भएर आउन लाग्नुभएको हो ।
प्रतिकृया दिनुहोस्