September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
सिंगारियो कृष्ण मन्दिर : चौतारी निर्माण गरेका नेपालीले जिर्ण मन्दिर मर्मत गरे

सिंगारियो कृष्ण मन्दिर : चौतारी निर्माण गरेका नेपालीले जिर्ण मन्दिर मर्मत गरे

दुर्गा विसि – सल्यान ।

सार्वजनिक चौतारी निर्माण गरेका तुलाधर नेपालीले पुनः जिर्ण अवस्थामा रहेको कृष्ण मन्दिरको लाखौं रकम खर्चिएर मर्मत गरेका छ्न ।

देवस्थलकै कृष्ण बोर्डिङ स्कुल नजिकै रहेको पिपल चौतारी निर्माणकार्य सम्पन्न गर्ने वितिकै बनगाड कुपिण्डे नगरपालिका वडा नं १ देवस्थल सल्यानमा रहेको पौराणिक, धार्मिक आस्थाकाे धराेहर याे तपाेभुमिकारुपमा रहेको हाल जिर्ण बन्दै गरेको कृष्ण मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको हो ।

विगतमा यस क्षेत्रमा कृष्ण जन्माष्टमिकाे दिन निकै ठुलाे मेला तथा टाढा टाढाबाट बर्तालु भक्तजनहरुकाे घुइँचो लाग्ने गर्थ्यो । त्यो महत्त्व अझै पनि घटेको छैन । पुनर्निर्माण, मन्दिरको घेरबार, डेन्टिङ, पेन्टिङकाे काम अन्तिम चरणमा पुगेको छ ।

पिपलचौतारा निर्माणकार्य लागि करिब ५० हजार खर्चको केहि दिन अगाडि सार्वजनिक गर्दै उदाहरणीय काम गरेका नेपाली भने जिर्ण मन्दिरको पुनर्निर्माण गर्दा लागेको खर्च भने केही पछि सार्वजनिक गर्ने जनाएका छन । करिव सबै काम गर्दा २ लाख रकम जति खर्च हुने अनुमान गरिएको छ ।

चौतारी निर्माणकार्य गर्दै गर्दा र मन्दिर पुनर्निर्माण गर्दा केही सहयोगि दाताहरुले समेत दिएको रकम पूर्णत सद्पयाेग भएको जनाएको छ । परापुर्वकाल देखि हाम्रो पू्र्खाको ऎतिहासिक धराेहर बचाउन, यसकाे संरक्षण गर्ने दायित्व व्यक्तिकाे भन्दा राज्यको वढि जिम्मेवारी हाे । तर राज्य पक्ष भने यस्ता कुरा प्रति त्यति चासो नदिएको देखिन्छ । सार्वजनिक संस्थाहरुकाे बचाउ र संरक्षणका दृष्टिकोणमा नेपालीले राज्यलाई नै चुनौती दिएका छन् । यस्ता सार्वजनिक महत्त्व वाेकेका धराेहर, पार्टी पौवाको व्यक्तिगत अगुवाइ यिनको संरक्षणमा जुट्न थाले पछि तुलाधर नेपालीलाई चौतर्फी धन्यवादकाे वइरो लागेको छ । सबैले साथ सहयोगसँगै आर्थिक रुपमा हातेमालो समेत गरेका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज