April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
आर्थिक अभावमा बलड क्यान्सरबाट ग्रसित बालकको उपचारमा समस्या

आर्थिक अभावमा बलड क्यान्सरबाट ग्रसित बालकको उपचारमा समस्या

दुर्गा विसि – सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न. ७ घाँजरी निवासि बालकृष्ण वुढा मगरको बलड क्यान्सरबाट ग्रसित ८ वर्षे छाेरा निराज वुढा मगरको आर्थिक अभावले उपचारमा समस्या देखिएको छ ।

उनी अहिले ललितपुरकाे बाल अस्पतालमा जीवन र मृत्युसंग लडिरहेका छ्न । उपचारमा घर परिवारकाे धेरै धनराशि खर्च भैसकेको छ । अब घर परिवारबाट खर्च जोहो गर्न सक्ने अवस्था नहुदा उनका बुवा बालकृष्णले राज्य तथा सम्पुर्ण सहयोगी मनहरुबाट उपचारमा सहयोग जुटाइदिन अपिल गरेका छन् ।

“बाल अस्पतालकाे बेडमा यतिखेर औषधि किन्न र अस्पताललाई दैनिक तिर्नुपर्ने रकमको समेत अभावले उपचार समेत राेकिने अवस्था सृजित भएको आफ्न्ती तिलक विसिले बताए । विगत लामाे समय देखि बुढामगरका परिवार बालककाे उपचारका लागि काठमाडौ धाइरहेका छन् ।

उनकाे उपचारका लागि सहयोग गर्न चाहाने व्यक्तिहरुले संग्रिला बैंकको १०७०१९००४१६९१९०००००१ र तिलक विसिको माेवाइल नम्बर ९८६६७५१२०४ मा समेत सम्पर्क राख्न सार्वजनिक अपिल गरिएको छ ।

एउटा नागरिक आफ्ना बालबच्चा गम्भीर प्रकृतिको विरामि हुदा उपचारमै सबै जायजेथा सकिन्छ । यस्तै गम्भीर प्रकृतिका राेगहरुमा राज्य निरहि भएको छ भने मानविय संवेदना बोकेका केही व्यक्तिहरुले यतिखेर सहयोग जुटाइरहेका छन् । हाल बुढामगरकाे परिवार काेहलपुरमा बस्दै आएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज