May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानमा बँदेल र बाँदरको आतंक : धपाउन बारीमै बास

सल्यानमा बँदेल र बाँदरको आतंक : धपाउन बारीमै बास

दुर्गा विसि – सल्यान ।

सल्यानकाे पश्चिम क्षेत्रहरुका प्राय सबै वडाका टाेल बस्तीका नागरिक रातभर जागरम बस्छन । कारण बाँदर र बदेल आतंक । दिउँसो बाँदरको हैरानी रातमा बँदेलको ज्यादती जसका कारण यस क्षेत्रका नागरिक निकै दुखका कुरा सुनाउछन ।

रातभर बारीमै जागरम भै रात बित्छ । कुनै दिन बिरामी सन्चो नभए बारी सुत्न नगए बदेलले पाक्ने तयारीमा रहेको मकै सखाप पारी दिने किसानको दुखेसो छ ।

पछिल्लो समय सल्यान पश्चिम क्षेत्रमा बदेलको संख्यामा ह्वात्तै वृद्धि भएसंगै वडा न. १ माल्पे, खहरेखाेला, बागचौर, वेलखाेला, नाम्रा, वस्नेउरा, अम्रा त्यसै गरि वडा नं ५ को च्युरा, राउँचे, खैरागार, मैनेनि, लाँखर र वडा ४,६,७,८,९ लगाएतका क्षेत्रहरु प्रभावित भएको देखिन्छ । हुलका हुल बँदेलहरु रातिमा आउने र मकैबाली पुरै सखाप पारेर खाएर जाने गरेको वडा ५ का स्थानीय तिलक रानाको दुखेसो छ ।

किसानहरु रुखमा टाट्ना बाँधेर बँदेल धपाउनका लागि रातभर जागराम हुन्छन् । कसरी हुन्छ यसकाे निरुपणकाे उपाय खोज्न राज्य जिम्मेवार हुनुपर्ने स्थानीय किसानहरुकाे दुखेसो छ । वर्षदिनकाे खेती खाइदिने जंगली जनावर हटाउने उपाए नखाेज्ने हाे भने भाेकमरि समेत निम्त्यिने उहाँको गुनासो छ ।

निकै दुख कष्ट गरेर फलाएको अन्नपात भित्र्याउने समयमै जंगली बँदेल, बाँदरका कारण हरेक यहाँका किसानहरुले बर्सेनि ठुलो नाेक्सानि व्यहोर्नु परेको छ ।

मकै बाली, तरुल, घुइया, सखरखण्ड,फर्सी लगाएतका बर्ख्रे बालीहरुमा नाेक्सानि हुने गरेको छ । साथै बाँदरले केरा, हिउँदे समयमा गहुँ अालुमा समेत ठुलो नाेक्सानि गर्ने गरेको छ । जंगली जनावर कदम कदापि मारि हाल्यो भने राज्यले दण्डित सजाय गर्छ तर किसानले लगाएको अन्न बाली क्षेती पुर्‍याए के नाेक्सानि व्यहोर्नुपर्ने त्यो कुरा तर्फ ३ तहका सरकार जिम्मेवार हुनुपर्छ रानाको दुखेसो छ । बर्षेनि बँदेलका कारण यहाँका किसानले सग्लो वालि भित्र्याउन पाउदैन । निकै मेहनत दुख गरेर फलाएको बालीनाली खान नपाए पछि कसरी कृषि पेशा र किसानकाे प्रगति हुन्छ । हाल खेतीपाती प्रती नागरिक वितृष्णा हुनुकाे मुख्य कारणका रुपमा यहि बँदेल रहेको किसानहरुकाे दुखेसो छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज