May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
दाङबाट काठमाडौं जादै गरेको बस धादिङमा दुर्घटना : सल्यानका ५ सहित २६ जना घाइते

दाङबाट काठमाडौं जादै गरेको बस धादिङमा दुर्घटना : सल्यानका ५ सहित २६ जना घाइते

भदौ ०२, सल्यान ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट काठमाडौ तर्फ जादै गरेको बा. ०३-००१ ख २६७५ नम्बरको बस शनिबार बिहान सडकको दाहिने किनारा तर्फ पल्टिएको हो ।

बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक जैसवालका अनुसार घाइते सल्यानको छ्त्रेश्वरी – ३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यानको जिल्ला बाघचौर नगरपालिका – १० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ ।

दुर्घटनामा पर्ने सल्यानका छ्त्रेश्वरी गाउँपालिका – ३ कै ३२ वर्षीया रेखा केसी, बागचौर नगरपालिका – ९ का ४८ वर्षीय धन बहादुर वली सहित २६ जना रहेका छन् ।

दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज