February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
अज्ञात समूहले गोठमा आगो लगाइ दिदा २ गोरु मरे : अन्य घाइते

अज्ञात समूहले गोठमा आगो लगाइ दिदा २ गोरु मरे : अन्य घाइते

साउन ०२, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ७ किमिचौरमा एक गोठमा आगलागी हुदा २ गोरुको जलेर मृत्यु भएको छ भने १ गाई , बाच्छो र २ बाख्रा जलेर घाइते भएका छ्न ।

सोमबार राती करिब १२:३० बजेको समयमा मुना रोकाको घर नजिकै रहेको १ तले कच्चि गोठमा आगलागी हुदा पशु चौपायाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

आगलागीबाट गोठ पुर्ण रुपमा जलेर नष्ट भएको साथै आगलागीको बिस्तृत कारण भने खुल्न नआएको र यस बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।

तस्वीर : फाइल फोटो

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज