September 20, 2024, Friday
२०८१ आश्विन ४, शुक्रबार
क्यान्सर पिडितलाई दस लाख रुपैया उठ्यो : अभियान बन्द गरिएको अभियान्ताको भनाई

क्यान्सर पिडितलाई दस लाख रुपैया उठ्यो : अभियान बन्द गरिएको अभियान्ताको भनाई

असार ३०, सल्यान ।

सल्यानको बागचौर नगरपालिका वडा न.३ थाराचौर निबासी डिल्लीराज डि.सिको उपचारकोलागि संचालनमा ल्याएको सहयोग अभियान बन्द गरिएको छ ।

छातिमा समस्या आएपछि बिपि क्यान्सर मेमोरियल हस्पिटल चितवनमा जादा उनलाइ क्यान्सर प्रमाणीत भएको थियो । उनको परिवारको आर्थिक अबस्था कमजोर भएको कारण “क्यानसर पिडित डिल्ली बचाउ अभियान” सन्चालन गरिएको थियो ।

‘क्यान्सर पिडित बिरामी डिल्लिराज डिसिको नाममा संचालित दुईवटा खातामा रकम जम्मा गर्ने गरि खाता सार्बजनिक गरि अभियानलाई तिब्रता दियका थियौ’ अभियान्ता खिमराज डि.सिले जानकारी दिनुभयो ।

अभियान्ताको टिम तयार गरि आम सहयोगी मनहरुको भाबनात्मक एकतालाई जोड्ने गरि सन्चालन गरियको महाअभियानले पुर्णता पाएको उहाँले बताउनुभयो ।

सहयोगि मनहरुको अतुलनिय योगदानले गर्दा आजको मिति सम्ममा सम्म नेपाल बैंक लिमिटेड बागचौर शाखामा रु २,१४,७३२.८१/-(अक्षरुपी दुई लाख चौध हजार सात सय बत्तिस रुपैया एकासि पैसा)
Global IME बैंक थारमारे शाखामा
रु ७,७९,६४८(अक्षरुपि सात लाख उनासि हजार छ सय अठचालीस  रुपैयाँ )
गरि जम्मा रु ९,९४,३८०.८१/- नौ लाख चौरानब्बे हजार तिन सय असी  रुपैयाँ एकासि पैसा)सहयोग रकम जम्मा भएको हो ।

शुक्रबार अभियान बारे एक प्रेस बिज्ञपति निकाल्दै अभियान्ताहरुले आर्थिक रुपले बिरामिको अप्रेसन गरि उपचार गर्न सक्ने अबस्थामा पुगेकाले साथै आजको मिती देखि क्यान्सर पिडित डिल्ली बचाउ अभियान बन्द गरियको जानकारी गराएका छ्न ।

बिरामिलाई अहिले सम्म चारवटा केमो बढाइएको छ ।
अहिले सम्मको प्रत्येक केमो चढाउदा प्रती केमो ५०,०००(पचास हजार)को दरले हुन आउने रकम २,००,०००( दुई लाख मात्र) चेक, जाच र आवत जावत खर्च गरि अहिले सम्मको जम्मा खर्च करिब २,५०,०००/(अक्षरुपी दुई लाख पचास हजार रुपैया मात्र) खर्च  भएकोपनि बिज्ञप्तिमा उल्लेख छ ।

तेस्रो के मो लगाएको १० दिन मा बिरामीलाइ अपरेसन को लागि अस्पताल मा बोलाइएको थियो तर यस पटकको CT को रिपोर्ट अनुसार थप ३ वटा केमो लगाए पछि फेरी बिभिन्न रिपोर्टको आधारमा अप्रेसन गर्न मिल्ने या के गर्ने भन्ने कुरा उपचारमा संलग्न डाक्टरबाट आएको  बताएको छ ।

अभियानमा सहभागी सामाजिक अभियान्ताहरु:
खिमराज डि.सि :9812880251
तारादेब डि सि(USA) :9293100779
खुमराज डि सि  :  9829542767
हिमाल भण्डारि  :   9843527193
शिबराज के.सि :     9849345952
प्रेम डि सी (USA):8572464510
शोभाराम डि सि : 9806207447
खिमबहादुर डाङ्गी:  986-6829898
ठाकुर डि सि    :   9810893012

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज