पैसा चोरेको आरोपमा सुर्खेतका एक वडा अध्यक्ष पक्राउ
सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोद सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार दिउँसो उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पैसा चोरेको आरोपमा वडाध्यक्ष विष्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं प्रवक्ता लक्ष्मण शाहीले बताए ।
वडाध्यक्ष विष्टसहित अन्य २ जनालाई एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लिएर भागेको आरोप लागेको छ ।
यो केसमा सुशील गुरुङ र बलिराम शाहीलाई शुक्रबार नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
लेखकको सम्वन्धमा