सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा एकै घरका बाबु छोराको मृत्यु गाडी साहु गम्भीर घाइते
असार २१, सल्यान ।
सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा एकै घरका बाबुछोराको मृत्यु भएको छ भने गाडी साहु गम्भीर घाइते भएका छन ।
बिहिवार बिहान जिल्लाको कपुरकोट गाउँपालिका ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पाको दलसिंगे तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बस गुडिरहेको बेला सडकको छेउमा रहेको ३३ के. भि. प्रसारण लाईनको बिद्युतको पोल सपोटकोलागी छेउमा गाडेको तार (स्टे)मा बस छुईन जाँदा २ जनाको घटनास्थलमै मृत्यु भएको र १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
करेन्ट लागि मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका ४ बस्ने ७० बर्षीय बालराम डाँगी र उनका छोरा ४२ बर्षीय टोपलाल डाँगी रहेका छन ।
त्यस्तै घाइते हुनेमा बस साहु सल्यानको छत्रेश्वरी गाउँपालिका ६ लान्तीका ३४ बर्षीय महेन्द्र ओली रहेका छन ।
घाइते ओलिको गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
उक्त घटनाकै कारण यतिबेला यहाँको बाटोमा यातायात अवरुद्ध भएको छ । प्रहरीले बाटो खुलाउने काम गरिररहेको छ ।
लेखकको सम्वन्धमा