September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा एकै घरका बाबु छोराको मृत्यु गाडी साहु गम्भीर घाइते

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा एकै घरका बाबु छोराको मृत्यु गाडी साहु गम्भीर घाइते

असार २१, सल्यान ।

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा एकै घरका बाबुछोराको मृत्यु भएको छ भने गाडी साहु  गम्भीर घाइते भएका छन ।

बिहिवार बिहान जिल्लाको कपुरकोट गाउँपालिका ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पाको दलसिंगे तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बस गुडिरहेको बेला सडकको छेउमा रहेको ३३ के. भि. प्रसारण लाईनको बिद्युतको पोल सपोटकोलागी छेउमा गाडेको तार (स्टे)मा बस छुईन जाँदा २ जनाको घटनास्थलमै मृत्यु भएको र १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

करेन्ट लागि मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका ४ बस्ने ७० बर्षीय बालराम डाँगी र उनका छोरा ४२ बर्षीय टोपलाल डाँगी रहेका छन ।

त्यस्तै घाइते हुनेमा बस साहु सल्यानको छत्रेश्वरी गाउँपालिका ६ लान्तीका ३४ बर्षीय महेन्द्र ओली रहेका छन ।

घाइते ओलिको गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

उक्त घटनाकै कारण यतिबेला यहाँको बाटोमा यातायात अवरुद्ध भएको छ । प्रहरीले बाटो खुलाउने काम गरिररहेको छ ।