सल्यानमा डबल क्याप जिप दुर्घटना : ३ घाइते
असार ०६, सल्यान ।
सल्यानमा डबल क्याप जिप दुर्घटना हुदा ३ जना घाइते भएका छन ।
जिल्लाको दार्मा गाउँपालिका ४ कमलपोखरी स्थित भित्री कच्ची सडक खण्डमा श्रीनगर देखी दार्मा तर्फ जाँदै गरेको लु. ३ च. ३४१६ नं. को डबल क्याप बुधबार साझ करिव ७ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसि दुर्घटना भएको थियो । दुर्घटनामा परि घाइते हुनेहरूमा गाडी चालक दार्मा गाउँपालिका ३ फारुलाचौरका २८ बर्षीय बामदेव बुढाथोकी सोही ठाउँ बस्ने ५८ बर्षीय केशब के.सी. र कुमाख गाउँपालिका ५ का ३० बर्षीय उर्मिला वली पुन रहेका छ्न ।
जिपमा चालक सहित ६ जना सवार थिए । सवार अन्य ३ जना सकुशल रहेको र घाइते ३ जनाको उपचार परोपकार हस्पिटल श्रीनगरमा भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो ।
लेखकको सम्वन्धमा