June 8, 2023, Thursday
२०८० जेष्ठ २५, बिहीबार
रुकुम पश्चिम दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

रुकुम पश्चिम दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

जेठ ११, रुकुम ।

रुकुम पश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चा सहित पाँच जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका – ८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुम पश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा मृतकको सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन  खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए ।

घटना स्थलमा पानी परिरहेकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज