July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
सल्यान सहित देशरभर माैसम वदली सहित वर्षा

सल्यान सहित देशरभर माैसम वदली सहित वर्षा

बैशाख १७, सल्यान ।

गयराति देखि सल्यान सहित देशका अधिकाँस भागमा हावाहुरी सँगै वर्षा भएकाे छ । माैसम अहिले पनि बदली छ भने हल्का हावा लागिरहेकाे छ । कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्यारूसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्यारूसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्यारूसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज