पानी खान नपाएरै मर्छन् गाईगोरु : गौशाला कि वधशाला ?
बैशाख ०३, सल्यान । जंगलको बिचमा एउटा चौर छ । त्यो परिसर भित्र दुई वटा भवन छन । एउटा भवन मान्छे बस्नकोलागी र अर्को चाहिँ गाइगोरु राख्नका लागि । जसमा हाल ४५ वटा गाई बस्छन् । सबैतिर गोबरैगोबर छ, सरसफाइ छैन । परिसरभित्रै मरेका गाईगोरुका हाडखोर र गन्ध आउने सिनो असरल्ल छन् ।
छत्रेश्वरी गाउँपालिका वडा न. ३ को कोर्बाङ नजिकैको यो दृश्य देख्दा जो कोहीको मनमा उब्जने एउटै प्रश्न हो – ‘यो गौशाला हो कि, वदशाला ?’
आइतबार बिहानको करिब ११ बजे गौशाला रित्तो थियो । गाईहरुलाइ ३ घण्टाको दुरिमा रहेको मुहानमा पानी खुवाउन लगिएको रहेछ । गाउँपालिकाले स्थापना गरिदिएको उक्त गौशालामा चरणकोलागि खासै समस्या नभएपनी पानीको लागि भने सारै समस्या हुने गरेको छ ।
‘गोठमा त एक मुठा पनि घाँस छैन । बिहान ११ बजे फुकाएर वन ल्याउँछौं, साँझ ५ बजे बान्छौं पानी खुवाउन नै ३ घण्टाको बाटो भएर लग्नुपर्छ, त्यही पानी पनि सबै गाइकोलागि पर्याप्त हुदैन, सानो पोखरीको पानी ८/१० बढी गाई भन्दा अरुलाइ पुग्दैन, वनमा चरणकोलागि पनि सुकेका पात बाहेक केही छैन । के खाउन बिचरा यहाँ त गाई पानी खान नपाएर तट्पिएर मर्छन् । दिनको करिब १/२ वटा गाइ त पानी खान नपाएर मर्छ्न – गाई हेरालु हरि बुढाथोकी भन्नुहुन्छ, ‘गौशालामा ल्याउँदा गाईगोरु मोटाघाटा हुन्छन् । त्यसको एक महिनापछि हिड्नै नसक्ने हुन्छन् । पानी खान पाए पो हिड्डुल गर्न सकुन् , गौशाला भन्या गाई पाल्ने ठाउँ हो भन्ने लाग्थ्यो तर यो गौशाला त गाई मार्ने ठाउँजस्तै भयो ।’
गौशालामा १ महिना पहिले ६० गाइ थिए, अहिले ४५ गाई गोरु छ्न । १ महिनाको फरकमा १५ वटा गाई पानी खान नपाएरै मरेका छन । उपयुक्त बासस्थान र पर्याप्त पानि तथा आहार नपाउँदा गाई मर्ने क्रम दैनिक जसो नै हुने गर्छ ।
मरेका गाईको सिनो गन्हाएर नजिकैको गाउँमा नै प्रदुषण फैलाएको छ । ‘जंगलमा जता जादा नि मरेको सिनो नै हुन्छ, हिंड्नै नसकिने भयो’ स्थानिय भुमा बिकले बताउनुभयो ।
गौशाला नजिकै २ वटा पक्की पोखरी त छ तर पानी छैन, बर्षायामको समयमा आकाशेपानी भयो भने मात्र पोखरीमा पानी हुन्छ, नत्र अरु महिना चाहिँ सुख्खा नै हुन्छ ।
३ घण्टा लगाएर पानी खुवाउन लग्नुपर्छ त्यही पानी पनि पर्याप्त छैन । छ्त्रेश्वरी गाउँपालिकाले १ वर्ष अघि गाईवस्तुको व्यवस्थापन गर्ने उद्देश्यले गौशाला निर्माण गर्यो तर उदेश्य अनुसार काम हुन सकेन उचित व्यवस्थापन गर्न नसक्दा गौशाला वधशाला बन्दै गएको छ । ‘व्यवस्थापन गर्न सक्ने हो भने गाईको मल, मुत्र, दूध बिक्री गरेर आम्दानी गर्न सकिन्छ । “अन्यत्रका गौशाला आयआर्जनका स्रोत बनेका छन् । तर यो नामको मात्र गौशालामा गाईलाई पानी खुवाउन समेत आवतजावत गरेर ६ घण्टा लाग्छ, यस्तो ठाउँमा गौशाला किन राखेको हेरालु बुढाथोकी बताउनु हुन्छ “।
स्थानीयहरु भने गाउँपालिका र वडापालिका प्रती आक्रोशित छ्न, ‘पानी नपाइने सुख्खा डाडोमा गाईगोरु किन थुनेको ? गौशालामा गाई मरेका होइनन्, मारिएको हो । गौशालामा गाई छोड्नेले प्रतिगाई एक हजार रुपैयाँ हेरालुलाई बुझाउँछन् । कहाँ जान्छ, त्यो पैसा ?’
पालिकाले १ बर्ष अघि नै गौशालाकोलागि एक दुई कोठाको एक छाने घर, २० मिटर लामो गाई बस्ने घर र दुई पोखरी निर्माण गरेको छ ।
यसको जिम्मा, बैकल्पिक ब्यबस्थापनमा न त गाउँपालिका नत वडापालिका कसैलेपनि वास्ता गरेका छैनन । सोही ठाउँ लगायत नजिक आसपासका टोलहरुमा मानिसहरुले पिउने पानीको पनि ज्यादै समस्या हुने गरेको छ, गाइ हेरालु बुढाथोकीले नै स्वयं आफुले पिउने पानी पनि ३ घण्टा लगाएर बोक्नु पर्ने बताउनुहुन्छ, झन गाइगोरुकोलागी कति समस्या छ होला, यस्तो सुख्खा डाडोमा किन गौशाला बनाएको उहाँले असन्तुष्टि पोख्नुभयो ।
३ बर्ष अघि उक्त समस्या समाधान गर्न बन्न लागेको ज्यामिरे खानेपानी आयोजना २ बर्ष यता निर्माण बेवारिसे छ । निर्माण जिम्मा लिएको ठेकेदार बेपत्ता भएको कारण आउने आर्थिक बर्षमा अर्को टेण्डर आव्हान गरेर काम अघि बढाइने वडा अध्यक्ष तिर्थराज दहालले बताउनुभयो । सो योजना सम्पन्न भएपछी छ्त्रेश्वरी ३ का ६ टोल र गौशाला भएको स्थानमापनी सहज हुनेछ ।
#गौशाला #वधशाला #सल्यान छ्त्रेश्वरी गाउँपालिका ३
प्रतिकृया दिनुहोस्