विद्यालयलाई योगदान गरेको भन्दै घर्तिलाई सम्मान
बैशाख ०१, रोल्पा । गुराँसे तारा प्राथमिक विद्यालय गंगादेव गाउँपालिका – ५ आरुचौर रोल्पाको विद्यालयले २०७९ को परीक्षाफल प्रकाशन सँगै नयाँ वर्षको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अवसरमा विद्यालयले नयाँ वर्षको शुभकामना आदान प्रदानका साथै विद्यालयलाई हर तवरबाट साथ सहयोग र योगदान गरेको भन्दै गंगादेव गाउँपालिका वडा नम्बर – ५ का भुपेन घर्ति मगरलाई सम्मान गरेको छ ।
कक्षा ३ सम्म अध्ययन हुने त्यस विद्यालयलाई आर्थिक भौतिक र विद्यालयको सम्पुर्ण गतिविधिलाई विभिन्न माध्यमबाट चिनाएको भन्दै घर्तिलाई सम्मान गरीएको हो । घर्तिले भर्खरै मात्र आफ्नो जन्म दिनको अवसरमा त्यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण समेत गरेका थिए । त्यस पश्चात सामाजिक सञ्जालहरूमा त्यो कार्यलाई सबैले सकारात्मक टिप्पणी गरेका थिए । घर्ति समाज सेवी युवा तथा विभिन्न मिडिया, अनलाईनहरूमा समेत आबद्ध हुनुहुन्छ ।
घर्तिलाई विद्यालयले सम्मानपत्र प्रदान गरेको छ । घर्तिलाई सम्मान तथा केहि कुरा राख्ने अवसर जुराईदेकोमा विद्यालय प्रति आभार ब्यक्त गरेका छन् । साथै आगामि दिनमा पनि यस्तै सामाजिक कार्यहरूमा अनवरत रूपमा खडा हुने घर्तिले बताएका छन् ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिकाका अध्यक्ष हरीबहादुर पुनले १२ बर्ष अगाडि जनश्रम दानबाट बनेको यस विद्यालयलाई अब स्थानिय सरकारले पनि थप सहयोग गर्ने र विद्यालयको भौतिक संरचना निर्माणमा गाउपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ६९ जना दलित र १ जना गैर दलित समुदायको विधार्थीहरूले अध्ययन गर्ने उक्त विद्यालयको भवन लगाएतका अन्यकुराहरुमा स्तर उन्नति गर्नु पर्नेकुरालाई आत्मसाथ गर्दै गाउँपालिकाले यस विद्यालयको थप स्तर उन्नतिको लागि सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथी समेत रहनु भएका गंगादेव गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष अमृतबहादुर बुढाले विद्यालय जस्तो पवित्र ठाउँमा सहयोग गरेकोमा घर्तिप्रति आभार प्रकट गर्नु भएको थियो । साथै उहाँले नया वर्ष २०८० सालको शुभकामना समेत दिनु भएको छ ।
कार्यक्रममा उत्तिण हुने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरीएको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा कक्षा तीन सम्म पठनपाठन हुने विद्यालय प्रशासनले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पहाडीको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको अतिथीमाहरुमा गाउँकार्यपालिका सदस्य तुल्सी वि.क, वडा सदस्य लाली सार्की, गञ्जबहादुर पुन, गंगाराम खत्री, निमबहादुर पुन,स्थानिय अविभावक दिपेश खड्काथोकी, बलीराम नगबाघ, टीकाकुमारी नेपाली, रीतु परियार, खली सार्की, आमा समुहकी अध्यक्ष मुना नेपाली लगाएत, अविभावक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयक प्रध्यानाअध्यापक जितबहादुर खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रको स्वागत मन्तव्य दिपेश खड्काथोकीले राख्नु भएको थियो ।
लेखकको सम्वन्धमा