September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
सल्यानमा पूजाको प्रसाद खाँदा झन्डै २०० बढी बिरामी

सल्यानमा पूजाको प्रसाद खाँदा झन्डै २०० बढी बिरामी

चैत १४, सल्यान । सल्यानमा पूजाको प्रसाद खाँदा सल्यानमा एकै गाउँका झन्डै २ सय जना बिरामी परेका छन् ।

जिल्लाको बाग्चौर नगरपालिका–५ धारापानीस्थित बाहुनठानामा प्रेमबहादुर खत्रीको घरमा लगाइएको सत्यनारायणको पूजाको प्रसाद खाँदा झन्डै दुई सय जना बिरामी भएका हुन् ।

बिरामी भएकामा झाडापखाला, पेट दुख्ने, चक्कर लाग्ने, ग्यास बढ्ने समस्या देखिएको थियो । ‘फुड प्वाइजन’का कारण स्थानीय बिरामी परेको स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी भुवन पुनले बताए । फुड प्वाइजनका कारण बालबालिका, बढाबुढी तथा वयस्क सबै प्रभावित भएको उनले जानकारी दिए ।

उनका अनुसार बिरामी परेकालाई उपचार गरेपछि झाडापखाला ठीक भएको तर पेट दुख्ने, ग्यास बढ्ने र चक्कर लाग्ने समस्या भने पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । बिरामी भएका पाँच जनालाई स्वास्थ्य संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा पठाइएको थियो । उनीहरुको अवस्था पनि सामान्य छ ।

बाग्चौर नगरपालिकाका स्वास्थ्य प्रमुख हरिबहादुर कठायतले बिरामी भएका सबैलाई उपचारको लागि नगरपालिकाले स्वास्थ्यकर्मी लगायत औषधिको व्यवस्था गरेको बताएका छन् । बिरामी भएका सबै अहिले खतरा मुक्त रहेका उनले जानकारी गराए । केहीमा अलिक बढी समस्या देखिए पनि उनीहरु घरमै बसेर उपचार गराइरहेका उनको भनाइ छ ।

कान्तिपुर समाचारबाट

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज