April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
सल्यानको जनकल्याण क्याम्पसमा तालाबन्दी

सल्यानको जनकल्याण क्याम्पसमा तालाबन्दी

फागुन २७, सल्यान । सल्यानको बागचौर नगरपालिका २ थारमारेमा रहेको जनकल्याण क्याम्पसमा ताला लगाइएको छ ।

आगामी चैत्र ५ गते हुनगइरहेको स्वतन्त्र विद्यार्थी युनियन बागचौरको निर्वाचनको सन्दर्भमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघ जनकल्याण एकाइ कमिटीले ताला लगाएको हो ।

जिल्लामा क्रियाशिल सम्पूर्ण विद्यार्थी संगठनहरूको सहमतिमा क्याम्पसहरुमा निर्वाचन केन्द्रित भागभण्डा गरिएको थियो । तर सल्यानकाे क्षेत्र नं. १ मा नेपाल विद्यार्थी संघलाई एउटा पनि क्याम्पस नपरेकाे जनकल्याण क्याम्पस थारमारेमा नेपाल विद्यार्थी संघकाे बलियो सम्भावना हुदाहुदै नेतृत्वले कुनै सर सल्लाह नगरी हस्तक्षेपकारी तरिकाले सहमति गरेकोमा इकाई समितिकाे आपत्ति सहितको बिज्ञपति निकाल्दै क्याम्पसमा तालाबन्दी गरिएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनको हकमा ने.वि. संघ जनकल्याण क्याम्पस इकाई लाई अन्याय भएकोले न्यायाेचित ढङ्गको सहमतिको माग गर्दै यो निर्वाचन प्रक्रियामा सहभागी नहुने र बहिष्कार गरिएको व्यहोरा विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

उता प्रहरीले भने चुनाव लड्ने क्याम्पससंग नभएको र आपत्ति जे कुरामा जोसंग हो सहमति अनुसार जानुपर्ने भएकाले सहमतिको पहल गर्नुपर्ने बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज