February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
सल्यानमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

सल्यानमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

फागुन २५, सल्यान । सल्यानमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको त्रिबेणी गाउँपालिका ६ शंखमुलमा बिहिवार दिउँसो करिब ४:२० बजेको समयमा श्रीनगर देखी काभ्रा तर्फ जादै गरेको लु. २ ख . १२२२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको रा.५ प. ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक छत्रेश्वरी गाउँपालिका ३ पालेखोलाका १९ बर्षीय अजय वलीको मृत्यु भएको छ ।

घाइते अवस्थामा रहेका वलिलाई उपचारकोलागि जिल्ला अस्पताल खलंगामा पठाएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

बस चालक त्रिबेणी गाउँपालिका ६ का होम सिंह बुढाथोकी र  दुबै सवारी साधन घटना स्थलबाट ईलाका प्रहरी कार्यालय लुहाम तर्फ लगिएको र दुर्घटना बारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष खनालले  बताउनु भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज