इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सल्यानकी सरिता चलाउनेलाई
फागुन १७, सल्यान । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कारबाट सल्यानकी पत्रकार सरिता चलाउने पुरस्कृत हुनुभएको छ ।
हरेक वर्ष प्रदान गर्दै आएको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार यो बर्ष सल्यानकी पत्रकार चलाउनेलाई प्रदान गरेको हो ।
२०७२ सालदेखि पत्रकारितामा प्रारम्भ गर्नु भएको चलाउने हाल कान्तिपुर टेलिभिजन, नेपाल समाचारपत्र दैैनिकमा कार्यरत हुनुहुन्छ । साथै उहाँ सल्यानको रेडियो शारदाको समाचार प्रमुख हुनुहुन्छ ।
उहाँ नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको उपाध्यक्ष समेत हुनुहुन्छ ।
रोटरी क्लब र कर्णाली प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नु भएकी चलाउनेले शिक्षा, स्वास्थ्य, कृषि, मानव अधिकार तथा लैङ्िगक हिंसा विरुद्ध तथा ग्रामीण क्षेत्रको विकृति विरुद्ध र सुशासन एवम् विकासका लागि सशक्त कलम चलाउदै आइरहनु भएको छ ।
सल्यान जिल्लामा रहेर प्रभावकारी रुपमा पत्रकारिता गर्दै आउनु भएकी उहाँलाई इन्जाले ५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ ।
लेखकको सम्वन्धमा