पवन कुमार ओलिको झ्याउरे गीत ‘साइलो दाइ’ सार्वजनिक (भिडियो सहित)
सल्यान । सल्यानी गायक पवन कुमार ओलिको झ्याउरे गीत “साईलो दाई” युट्युबमा सार्वजनिक भएको छ ।
गीतमा सल्यानी गायक ओलि र सुनिता बुढा क्षेत्रिको कर्णप्रिय स्वर, पवन कुमार ओलि, हरि गन्धर्व र जानकी गन्धर्वको लय संकलन र शब्द त्यस्तै सल्यान गायक कृष क्षेत्री, तिलक ठकुरी क्षेत्री, ममता राना मगर लगायतका कलाकारहरुको दमदार प्रस्तुति देख्न सकिन्छ ।
गीतमा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीको नृत्य समेत देख्न सकिन्छ ।
स्थानीय भाषा तथा मौलिकता देखीने गीतको शब्द, संगीत काल्पनिक रचना नभई गाउँघरको पुरानो भाका र शब्द संकलनमा गरिएको छ।
यस अगाडि ओलिले ‘तिमिलाई के था’ भन्ने बोलको गीत सार्बजनिक गर्नुभएको थियो । ब्यवसाहिक हिसाबले उहाँ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्नुहुन्छ ।
यस्ता गीतका शब्दहरु :
“साईलो दाई”
केटा : यो हाट जाने यो हैनौ तिमि साईलो दाई हटारु पठाउने
यो माया लाउने यो हैनो तिमि साईलो दाई कलेजी कटाउने ।
केटी : यो आधा बारी सर्सु र साग साईलो दाई आधा त तिलबारी
ए माया तिमि कता पो जान्छौ साईलो दाई कलेजी निलपारी
केटा : यो आज बिवई (बिहिबार ) यो भोली सुकै (सुक्रबार ) साईलो दाई पर्सि त छन्चर (शनिबार)
यो तलाई सुख सबैले भन्छन साईलो दाई मन कस्ले देख्छर
केटी : यो सालघारी यो सल्लाघारी साईलो दाई रुख माथि छन रुख
आपत र बिपत परेको वेला साईलो दाई कोई हेदैनन मुख ।
केटा : यो आधा महिना मंसिरैको साईलो दाई भर (भरि महिना ) महिना पुसैको
यो आईस्याल (अर्कोसाल ) भन्नु यो मेरो हैन साईलो दाई जो बाच्ला उसैको
केटी : अई कहाँ जान्छस ए चिलगाडि ए साईलो दाई उडेर सगरैमा (आकासमा)
यो बाँचिम भने फेरी भेट हुम्ला साईलो दाई मरे त बगरैमा ।
केटा : धान बयाली खेल्न लाईगो साईलो दाई घारी खेतको कुना
यो बैस जान यो लाईगो बरै साईलो दाई मन त लाग्यो रुन ।
केटी : यो गौथलिले यो हिलो ल्यायो साईलो दाई तल नैनितालको
यो बाडुली यो किन लाग्छ साईलो दाई बिना माया जालको ।
भिडियो हेर्नुहोस :
लेखकको सम्वन्धमा