April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार
बिबाह गर्न वडाको सिफारिस अनिवार्य

बिबाह गर्न वडाको सिफारिस अनिवार्य

 

फागुन ०३, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले बिबाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ ।

बाल विवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा पालिकाको छ ।

पालिकाको हालै सम्पन्न १२ औं गाउँसभाबाट यो निर्णय पारित भइ सकेको हुनाले अबको केही दिनमा नै कार्यान्वयनमा आउने पालिका अध्यक्ष दुर्गा पुनले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज