June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१, आईतवार
श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाए – छोराको मृत्यु, श्रीमती गम्भीर

श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाए – छोराको मृत्यु, श्रीमती गम्भीर

माघ १६, बाँके – बाबुले पेट्रोल छर्किएर आगो लगाईदिँदा बाँकेमा २ वर्षीय बालकको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।

लगत्तै आमा छोरालाई स्थानीयले उद्दार गरी नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा बालकको सोमबार बिहान साढे ६ बजे मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए।

उपचारकै क्रममा रहेकी घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको उनले बताए। घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक  रहेको अस्पतालले जनाएको छ।

घटनापछि फरार रहेका बिकलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ। आपसी मनमुटावमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।