February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
सल्यानका एक दम्पती – श्रीमानकाे मुटुको शल्यक्रिया, श्रीमतीका दुवै मृगौला फेल : सहयोगकाे अपिल

सल्यानका एक दम्पती – श्रीमानकाे मुटुको शल्यक्रिया, श्रीमतीका दुवै मृगौला फेल : सहयोगकाे अपिल

पुस १३, सल्यान – उपचारका लागि आर्थिक समस्या परेपछि सल्यानकि एक महिलाको परिवारले आर्थिक सहयोगका लागि सबैलाई अपिल गरेको छ।

बागचौर नगरपालिका -११ भित्रिबन निवासी मोहन लाल ओलीकाे श्रीमती २३ वर्षिय भगवती पुनका दुबै मिर्गौला फेल भएपछि उपचार गर्दै जाँदा आर्थिक अभाव परेपछि सहयोग मागेकाे श्रीमान माेहनले बताए।

भगवतीकाे हाल भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार भइरहेकाे छ। श्रीमान माेहनकाे पनि केही वर्ष पहिले मुटुको शल्यक्रिया गरेकाे र अहिले श्रीमती भगवतीका दुवै मृगौला फेल भएपछि सामान्य परिवारकाे ओली दम्पतीलाई अत्यधिक आर्थिक भार परेपछि सबै तिर सहयाेगकाे अपिल गरेकाे र सहयोग गर्नुहुन समेत बागचौर नगरपालिका -११ नम्बर वडा कार्यालयले समेत सिफारिस गरेको छ।

सहयाेग गर्ने सहयाेगी दाताहरुले बिरामी भगवती पुनकाे Nic Asia bank Kirtipur branch मा रहेकाे खाता न. 0395751396568001 र श्रीमन मोहन लाल ओलीकाे Nic Asia Kirtipur branch मा रहेको खाता न.0395752387579001 मा राख्दिन माेहनले अपिल गरेका छन।

साथै सम्पर्कका लागि मोहनकाे
सम्पर्क नम्बर:-98643636569810913179
भगवतीकाे सम्पर्क नम्बर :-9803591012
वीर बहादुर ओली सम्पर्क नम्बर:-9822828714
मा सम्पर्क गर्न समेत आग्रह गरेका छन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज