September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
सल्यानमा विशेष पत्रकारिता पुरस्कारबाट केसी र उत्कृष्ट पत्रकारिताबाट पुन पुरस्कृत

सल्यानमा विशेष पत्रकारिता पुरस्कारबाट केसी र उत्कृष्ट पत्रकारिताबाट पुन पुरस्कृत

पौष ०४, सल्यान ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको छैटौं वार्षिक साधारणसभाको अवसरमा सल्यानका २ पत्रकार सम्मानित भएका छ्न ।

मंगलबार सल्यान सदरमुकाम खलंगामा भएको साधारणसभाको अबसरमा विशेष पत्रकारिता पुरस्कारबाट पत्रकार खकेन्द्र केसि र बर्ष उत्कृष्ट पुरस्कारबाट बुद्धि पुन सम्मानित भएका हुन ।

पुरस्कृत हुने केसी लेकाली अनलाइनका सम्पादक हुन् । उनी विगत लामो समयदेखि सल्यानमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।

सम्मानित हुने अर्का पत्रकार पुन भने रेडियो राप्ती एफएमका समाचार प्रमुख तथा सल्यान टु डे का सम्पादक हुन् ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देबिराम देवकोटाले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता सल्यान शाखा अध्यक्ष नबिन पौडेलले गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई, सल्यान प्रदेशसभा (क) का सांसद भिम प्रकाश शर्मा, प्रदेशसभा (ख) का सांसद सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य लगायतको उपस्तिथि रहेकोे थियो ।