October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार
बिबाह अगाडि यौन सम्बन्ध राखे कामकारबाही हुने कानुन बन्दै

बिबाह अगाडि यौन सम्बन्ध राखे कामकारबाही हुने कानुन बन्दै

मंसिर १७, काठमाडौं ।

इन्डोनेसियाको संसदले विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ ।

बीबीसीमा प्रकाशित खबरअनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्ममा यो कानुन संसदबाट पारित हुने बताएका छन् ।

उक्त नयाँ कानुन पारित भएपछि इन्डोनेसियाली नागरिकहरू र विदेशीहरूलाई पनि लागू हुनेछ ।

नयाँ कानुनमा यसलाई व्यभिचार अन्तर्गतको सजाय भनिएको छ । यस्तो सजाय यदि कसैले सरकारी अधिकारी समक्ष उजुरी गरेपछि प्रभावकारी हुनेछ ।

कानुनमा विवाहअघि शारीरिक सम्बन्ध राख्न प्रतिबन्ध लगाइने र दोषी प्रमाणित भए ६ महिनासम्म जेल सजाय हुन सक्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार व्यवसायीहरूले नयाँ कानुनप्रति चिन्ता व्यक्त गरेका छन् ।

विदा मनाउने र लगानी गर्ने गन्तव्यको रूपमा परिचित देशमा यस्तो कानुन लागु भए देशकै अर्थतन्त्र ओरालो लाग्ने व्यवसायीहरूको चिन्ता छ ।

यसअघि सन् २०१९ मा पनि यस्तै कानुनको मस्यौदा पारित गर्ने तयारी भएसँगै देशव्यापी प्रदर्शन भएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज