May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
सल्यानमा आफ्नै ट्रकले च्याप्दा एक बालकको मृत्यु

सल्यानमा आफ्नै ट्रकले च्याप्दा एक बालकको मृत्यु

भदौ २०, सल्यान । सल्यानमा ट्रकले च्यापेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको शारदा न.पा.१ श्रीनगरका ३ बर्षिय बालक कृतिक भण्डारीको ट्रकले च्याप्दा मृत्यु भएको हो ।

मृतक बालकको घर अगाडी पार्किङ गरेर राखेको लु.१ ख.९२५९ नं. को ट्रक काम विशेषले सामान लोड गर्न भनि चालक सोही ठाउँका चालक २४ बर्षिय चुडामणी बस्नेतले चलाई अगाडी बढाउने क्रममा मृतक भण्डारी एक्कासी ट्रक तर्फ आउँदा ट्रकको पछाडीको टायरमा च्यापिन गई घाइते भएका थिए ।

मृतक बालकका बुवा सोही ट्रकका शाहु थिए ।

घाईते उनको तत्काल उपचारको लागी परोपकार हस्पिटल श्रीनगर सल्यानमा ल्याएकोमा उपचारकै क्रममा सोमबार करिव ३ बजे समयमा मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक प्रहरीको नियण्त्रणमा रहेको र  घटना स्थलमा प्र.ना.नि.याम बहादुर बस्नेतको कमाण्डमा ५ जनाको प्रहरी टोली र जि.प्र.का.सल्यानबाट प्र.नि.सन्तोष खनालको कमाण्डमा Soco सहित ५ जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

  • तस्वीर : फोटो फाइल

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज