July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
सल्यानमा अटो दुर्घटना : २ जनाको मृत्यु ५ जना घाइते

सल्यानमा अटो दुर्घटना : २ जनाको मृत्यु ५ जना घाइते

भदौ १३, सल्यान। सल्यानमा अटो दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।

जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरबाट टोटाबास जादै गरेको रा .१ ह. २२१९ नं. को अटो अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामापरी मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका १ काफ्लेकि ७० बर्षिय कमला पुन र सोही ठाउँकि ३० बर्षिय धनी पुन रहेकि छिन ।

दुर्घटनापछि घाइते भएका उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार बेलुकी ६:३० बजेको समयमा अटो अनियंत्रित भइ सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

अन्य घाईते हुनेहरुमा सोही ठाँउकि ३० बर्षिय अमृता बपाल उनको छोरा २ बर्षिय अबिषेक बपाल ,२० बर्षिय अस्मिता पुन उनका छोरा ३ बर्षिय शुसान्त पुन र चालक शारदा नगरपालिका १० नयाँगाउ घर भएका १८ बर्षिय धनिराम बुढाथोकीले रहेका छन ।

घाइतेहरुको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सल्यानमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

  • तस्वीर: फाइल फोटो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज