October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
नागरिकता विधेयक विरुद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सल्यानले गर्‍यो राँके जुलुस प्रर्दशन

नागरिकता विधेयक विरुद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सल्यानले गर्‍यो राँके जुलुस प्रर्दशन

साउन ०९, सल्यान। सरकारले संसदबाट पास गरेको नागरिकता विधेयक विरुद्धमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सल्यानले विरोध स्वरुप सोमबार सल्यान सदरमुकाम खलंगामा राँके जुलुस प्रदर्शन गरेको छ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सल्यानका अध्यक्ष सन्तोष भण्डारीको अध्यक्षतामा सम्पन्न जुलुस गणेश स्थान देखि पुरानो बसपार्क सम्म आएर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले नालायक सरकारको राष्ट्र बिरोधी कार्यले गर्दा युवाहरू सडकमा आउन बाध्य भएको बताएका छ्न। राष्ट्रहितको निम्ती सबै एकजुट हुनुपर्ने धारणा राख्दै उनले सरकारले विधेयक पास गरेर राष्ट्रियतामाथि नै प्रश्न उठाएको बताए।

साथै युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष गणेश श्रेष्ठले देशको रक्षाका निम्ती युवाहरू शिरमा कफन बाधेर हिडिसकेको र अब आन्दोलनको सुरुवात भइ सकेको हुनाले राष्ट्रघातीहरूलाई समयमै सच्चीन आग्रह गरेका छ्न।

अबको विकल्प भनेको राष्ट्रवादी युवाहरू गोलबद्द भएर सरकारलाई दबाब दिनु नै रहेको उनले बताए।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज