May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
चुनाव चिन्ह गाई पाएपछि राप्रपा नेपाल सल्यानले गर्यो दिप प्रज्वलन

चुनाव चिन्ह गाई पाएपछि राप्रपा नेपाल सल्यानले गर्यो दिप प्रज्वलन

साउन ०८, सल्यान।  कमल थापा नेतृत्वको रा.प्र.पा नेपाललाई सर्वोच्च अदालतले चुनाव चिन्ह गाई दिने फैसला सुनाएसंगै रा.प्र.पा नेपाल सल्यानले दिप प्रज्वलन गर्दै खुसीयाली मनाएको छ।

आइतबार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रम गर्दै दिप प्रज्वलन गरिएको हो।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै रा.प्र.पा. नेपाल सल्यानका जिल्ला कोषाध्यक्ष अन्जित श्रेष्ठले “सत्यको एकदिन अबस्य विजय हुने निश्चित भएको हुनाले आज यो प्रतिफल प्राप्त भएको र कमल थापाले गाई बेच्यो भन्नेहरुलाई यो प्रतिफलले गतिलो जबाफ दिएको ” बताएका छ्न।

साथै सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयकको पक्षमा जनता नभएको र सरकारले यसलाइ जबर्जस्त पास गरेर देशलाई सिक्किमिकरण गर्न खोजेको हुनाले यो बिषयमा रा.प्र.पा नेपालको बिरोध रहेको र यसको बिरोधमा भोली सोमबार सल्यानमा राँके जुलुस निकालिने राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालका अध्यक्ष सन्तोष भण्डारीले बताए।